News हेटौंडा गोल्डकपको खेलतालिका सार्वजनिक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । एफसी विजय यूथ, हेटौंडा मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

यही माघ १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाउँदै छन । हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर ११ र सेन्ट्रल कलेज भरतपुर एफसी, चितवन भिड्ने छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लब एफसी विजय यूथका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए । प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सबैको सहयोग र समर्थन रहने विश्वास समेत अध्यक्ष राजबाहकले गरे ।

Post Comments