News साउदी सुपर कपः फाइनलमा अल–नासर र अल–अहली भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । हङकङमा जारी प्रतिष्ठित १२औं संस्करणको साउदी सुपर कपको फाइनलमा अल–नासर र अल–अहली फुटबल क्लब भिड्ने भएका छन् ।

हङकङ स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा अल–अहलीले अल–कादसियालाई ५–१ को फराकिलो अन्तरले हराउँदै अल–नासरसँगको फाइनल भेट पक्का गरेको हो ।

स्मरण रहोस, अल–नासरले पहिलो सेमिफाइनलतर्फ अर्को बलियो टोली अल–इत्तिहादलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल २३ अगस्त शनिबारका दिन हङकङ मै हुनेछ ।

Post Comments