News
आयोजक नव जागृति फाइनलमा, उपाधिका लागि सराईसँग भिड्ने
बगनाशकाली । आयोजक नव जागृति युवा क्लब पाल्पाको बगनाशकालीमा जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा नव जागृतिले युनाइटेड युथ फुटबल क्लबलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । आयोजक नव जागृतिको जितमा सबी गुरुङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
दोस्रो सेमिफाइनलमा नव जागृतिका लागि निर्णायक गोल गरेका सबी गुरुङ नै म्यान अफ दि म्याच चुनिए । आयोजक नव जागृतिले अब यही भदौ १० गते मंगलबार हुने फाइनलमा सराई फुटबल क्लबको सामना गर्नेछ ।
नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News