News
३१औं ज्ञान कार्निभलः ज्ञानोदयको विजयी सुरुआत
काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।
ललितपुरको खोकनास्थित घरेलु मैदानमा ज्ञानोदयले मल्पीलाई ४–१ गोलले पराजित गर्यो । ज्ञानोदयका प्रकाश थापा, आरुस खड्का, जमेश लामा र आहान प्रधानले समान १–१ गोल गरे । मल्पीका स्पन्डन खड्काले सान्त्वाना गोल फर्काए ।
प्रतियोगिताको बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले एक कार्यक्रमबीच उद्घाटन गरेकी थिईन् ।
कार्निभलमा ३ खेल समावेश छन् । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी छन् । ब्वाइज फुटबलमा ५ टिमले भाग लिएका छन् । नेटबलमा ४ गल्र्स टिमको सहभागिता रहेको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु