News
फिनल्याण्डः हिमालयलाई आठौं एफसी गाउँले कपको उपाधि
काठमाडौं । फिनल्याण्डमा रहेका नेपाली समुदायहरुबीच हुने त्यहाँको प्रतिष्ठित र पुरानो मध्ये एक आठौं एफसी गाउँले कप फुटबल प्रतियोगिताको उपाधि हिमालय स्पोर्टस क्लब रेडले जितेको छ ।
फाइनलमा हिमालयले लालीगराँस फुटबल क्लबलाई ३–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । हिमालयको जितमा प्रवेश पाण्डेले दुई गोल गर्दा थप एक गोल सगुन शर्माले गरेका थिए ।
विजेता बनेको हिमालयले उपाधिसहित नगद १ हजार युरो हात पार्यो भने उपविजेता लालीगुराँसे ५ सय युरोसहित ट्रफी, मेडलमा चित्त बुझायो । प्रवेश पाण्डे प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिए ।
त्यस्तै पहिलोपटक आयोजना गरिएको भेट्रान्सतर्फको उपाधि मिरमिरे फुटबल क्लबले हात पार्यो । प्रतियोगितामा खुलातर्फ ९ र भेट्रान्सतर्फ ४ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments