News कम्बोडियन लिगमा लाकेनको टोली फेरि पराजित
गोलनेपाल

काठमाडौं । कम्बोडियन प्रिमियर लिग खेलिरहेका नेपालका चर्चित मिडफिल्डर लाकेन लिम्बुको टोली किरिभोङ सोक सेन छेले लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

लिगतर्फ गत साता मात्रै आफ्नो दोस्रो खेलमा कोम्पोङ देवासँग ४–२ ले पराजित भएको किरिभोङले आइतबार भएको लिगको आफ्नो तेस्रो खेलमा कम्बोडियन टाइगरसँग ४–० ले पराजित हुन पुग्यो ।

लोकन निरन्तर टोलीको पहिलो रोजाई मै रहेर खेलिरहेका छन् । यद्यपि टोलीलाई अपेक्षाकृत सफलता दिलाउन भने सकेका छैनन् ।

यो हारपछि ३ खेलबाट ३ अंक जोडेको किरिभोङ लिगतालिकाको आठौं स्थानमा छ । उता कम्बोडियन टाइगर भने ६ अंकका साथ दोस्रो स्थानमा छ । लिगको शिर्ष स्थानमा भने ९ अंकका साथ से रिङ स्र्पोटिङ क्लब रहेको छ ।

 

Post Comments