
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘प्रशिक्षण सेन्टर’ बन्ने बताएका छन् । सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा रेफ्री प्रशिक्षणको उद्घाटन गर्दै उनले मकवानपुरमा प्रशिक्षण सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
एन्फा र बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा रेफ्री प्रशिक्षण सुरु भएको हो । १८ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा बागमती प्रदेशको ११ वटा जिल्लाका ३५ जनाको सहभागिता छ । अध्यक्ष शेर्पाले रेफ्री सधैं निष्पक्ष भूमिकामा हुनुपर्ने सुझाव दिए । रेफ्रीले लिएको निर्णयमा कुनै त्रुटी हुन नहुने भन्दै उनले फिटनेसलाई ख्याल राख्न समेत अनुरोध गरे ।
कार्यक्रममा बागमती प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भन्डारीले रेफ्री, खेलको न्यायाधीश भएको बताए । बागमती प्रदेशका सबै खेलाडी र प्रशिक्षकको अभिलेख राख्ने सिस्टम सुरु गरिएको भण्डारीले जानकारी दिएका छन् ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख डीआइजी बसन्त लामाले निर्णायकको जिम्मेवारी गहन हुने भएकोले सही समयमा सही निर्णय दिन सक्नुपर्ने सुझाव दिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा