News युवा डिफेन्डर सुमनले माल्दिभ्समा खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर सुमन श्रेष्ठले माल्दिभ्सको शिर्ष डिभिजन लिग खेल्ने भएका छन् । सुमनलाई माल्दिभ्सको शिर्ष लिगमा बढुवा भएको नवप्रवेशी टोली ओडी स्पोर्टस क्लबले अनुवन्ध गरेको हो ।

ओडी स्पोर्टसले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सुमनलाई नयाँ सिजनका लागि अनुवन्ध गरेको कुरा जानकारी गराएको छ । नेपालको घरेलु फुटबलमा विभागीय टोली एपिएफका लागि खेलेका सुमनले अब विदेशी लिगको नयाँ मैदान र नयाँ जर्सीमा उत्रिने छन् ।

केही महिना अघि सिंगापुर विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सुमनले त्यसयता राष्ट्रिय टोलीमा आफ्नो उपस्थितिलाई बलियो रुपमा साबित गर्दै आएका छन् ।

त्यसो त माल्दिभ्सको शिर्ष लिग खेल्ने सुमन पहिलो नेपाली खेलाडी भने होइनन् । यसअघि नेपालका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले टिसी स्पोटस र माजिया जस्ता टोलीका लागि खेल्दै लिग उपाधि समेत जितेका थिए ।

Post Comments