News जेनिथ र सुनवल एफ.सि (सेतो) सेमिफाइनलमा प्रवेश
गोलनेपाल
सुनवल नगरपालिका वडा नं १,बनाहामा सुनवल फुटबल क्लबद्वारा आयोजित प्रथम स्मृति कपमा जेनिथ युथ क्लब र सुनवल F.C ले क्वाटरफाईनल खेल जित्दै अन्तिम चारमा स्थान सुनिश्चित गरेको छ।
 
आज भएको पहिलो क्वाटरफाईनल खेलमा जेनिथ युथ क्लब (५-०) अन्नपूर्ण बोर्डिङ स्कुल माथि सानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। जेनिथको जितमा तनिस गुरुङले २ गोल,निखिल पुन,सुशान्त ठकुरी र अमित थापाले १/१ गोल गरेका थिए।
 
त्यसै गरि दोस्रो क्वाटरफाईनलमा सुनवल एफ.सि (सेतो) (१-०) योङ्ग युनिटी माथि जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको हो। सुनवल F.C लाई अन्तिम चारमा पुर्याउन एलिस मगरले निर्णायक गोल गरेका थिए।
 
यस प्रतियोगिताका बिजेताले शिल्ड,मेडल,प्रमाणपत्र सहित ३०,०३० (तीस हजार तीस रुपैयाँ) नगद पुरस्कार र उपबिजेताले शिल्ड,मेडल,प्रमाणपत्र सहित २०,०२० (बीस हजार बीस रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्ने छन।
 
 
Post Comments