News
उदयपुरको बोक्सेमा तेस्रो वडा अध्यक्ष गोल्डकप हुँदै (खेलतालिकासहित)
बोक्से । वडा युवा तथा खेलकुद विकास समिति, त्रियुगा नगरपालिका–१०, बोक्से, उदयपुरको आयोजनामा यही भदौ ३० गतेदेखि तेस्रो वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
त्रियुगा नगरपालिका–१०, बोक्से स्थित गंगा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार भदौ ३० गते हुने उद्घाटन खेलमा इलेभन स्टार एफसी र सगरमाथा एफसी भिड्ने छन् । कुल दश टोलीहरु सहभागि प्रतियोगिताको फाइनल असोज ८ गतेका दिन हुनेछ ।
फ्युजन फुटबल क्लब, उदयपुरको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments