News
राष्ट्रिय महिला लिगको छनौट नजिक एनआरटी
काठमाडौं । न्युरोडटिम (एनआरटी) ले एन्फा महिला लिग छनौटतर्फ बुधबार महत्वपूर्ण जित हात पार्दे राष्ट्रिय महिला लिगका लागि छनौट हुने सम्भावना बनाएको छ ।
समूह बी तर्फको खेलमा एनआरटीले बुधबार बुटवल लुम्बिनी एफसीलाई २–० ले हराएपछि राष्ट्रिय महिला लिग छनौटको सम्भावना बलियो बनेको हो । च्यासल खेलमैदानमा भएको खेलमा एनआरटीका लागि जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरिन् ।
यो जितसँगै ५ खेलबाट १२ अंक जोडेको एनआरटी समूह बी तर्फ दोस्रो स्थानमा छ । समूह चरणको छैठौं खेलमा ९ अंक जोडेको झापा एफसीले बराबरी खेले एनआरटी राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछ । समूह बी बाट संकटाले यसअघि नै राष्ट्रिय महिला लिगमा स्थान बनाईसकेको छ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा