वालिङ । आयोजक ट्रिनिटी क्लब ए र देवचुली नगरपालिका यहाँ जारी पितृ स्मृति ट्रिनिटी कप गण्डकी प्रदेशस्तरीय यु–१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
वालिङ खेलमैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा ट्रिनिटीले हिल्ली फिल्डर्स गोरखा एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको पेनाल्टीबाट लिइएको हो ।
त्यसअघि निर्धारित समयतर्फ ट्रिनिटीका लागि प्रसन्न परियारले गोल गरेकी थिईन् भने हिल्ली फिल्डर्सका लागि युनिषा बरले गोल गरेकी थिईन् । खेलमा ट्रिनिटीकी गोलरक्षक सुशिला खाँड प्लेयर अफ दि म्याच बनिन् ।
त्यस्तै दोस्रो सेमिफाइनलमा देवचुलीले पैयुँ गाउँपालिका, पर्वतलाई ५–१ को अन्तरले हराउँदै फाइनल यात्रा तय गर्यो । देवचुलीको जितमा नब्या तामाङ, इशा चौधरी, रोजिना बोटे, रितु रुचाल र प्रतिक्षा नेपालीले गोल गरीन् । उता पराजित पैयुँका लागि दिपशिखा प्रधानले एक मात्र गोल फर्काएकी थिईन् । खेलमा देवचुलीकी रितु रुचाल प्लेयर अफ दि म्याच घोषित भए ।
ट्रिनिटी क्लब, वालिङ, स्याङ्जाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही भदौ २३ गतेका दिन हुनेछ ।