News सिमरा भेट्रान्स महिला गोल्डकप पुनः सुरु हुने
गोलनेपाल

सिमारा । सिमरा भेट्रान्स महिला गोल्डकप पुनः सुरु हुने भएको छ। आयोजकका अनुसार धेरै खर्च भइसकेको र कार्यक्रमलाई सम्पन्न गर्नुपर्ने भएकाले रोकिएको प्रतियोगिता भोलिबाट सुरु हुने भएको हो।

भोलि (शुक्रबार) बिहान ८:०० बजे एपीएफ महिला टिम र धरान सिटी क्लबबीच खेलको किक–अफ हुनेछ। त्यस्तै, बेलुकी ४:०० बजे रौतहट जिल्ला फुटबल संघ र नेपाल आर्मी महिला टिमबीचको खेल हुनेछ।

Post Comments