News
नेपाली यु–२३ फुटबल टोली ताजिकिस्तान मै रोकिए
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता खेल्न ताजिकिस्तान पुगेका नेपाली यु–२३ फुटबल टोली ताजिकिस्तान मै रोकिएका छन् ।
निकट स्रोतका अनुसार नेपाली टोली दुबई ट्रान्जिट हुँदै आउने कार्यक्रम रहेको तथा दुबईको विमानस्थल हाल नेपाल फर्कने यात्रीहरुका कारण अत्याधिक भिड रहेकाले नेपाली टोलीको फ्लाईट पूनःनिर्धारण गरिएको बताइएको छ ।
साथै नेपाली यु–२३ फुटबल टोली शुक्रबार बिहान ४ बजेको फ्लाईटमा नेपालतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको समेत स्रोतले जनाएको छ ।
स्मरण रहोस, एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह के मा रहेको नेपालले एउटै खेल नतिजी स्वदेश फर्किन लागेको हो । नेपालले आफ्नो समूहमा आयोजक ताजिकिस्तानसँग ४–०, सिरियासँग ४–२ र फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो ।
File Photo (ANFA)
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”