काठमाडौं । मलेसियामा स्थापित फुटबल क्लबहरुको साझा संस्था “नेपाली फुटबल संघ (मलेसिया)” ले प्रथम ऐतिहासिक एनएफए कप–२०२५ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ ।
आयोजकका अनुसार प्रतियोगिता आगामी १९ र २० अक्टोबर २०२५ को दिन मलेसियाको पेनाङ राज्यमा अवस्थित बुकित मेर्ताजाममा आयोजना हुने तय भएको जनाएको छ ।
साथै प्रतियोगीतामा टोली दर्ता मिति २० सेप्टेम्बर २०२५ सम्म तय गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १५ हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
नेपाली आप्रवासीबीचको एकता, मैत्री र खेल भावनालाई मजबुत बनाउन, साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने