News मलेसियामा प्रथम एनएफए कप हुने
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । मलेसियामा स्थापित फुटबल क्लबहरुको साझा संस्था “नेपाली फुटबल संघ (मलेसिया)” ले प्रथम ऐतिहासिक एनएफए कप–२०२५ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ ।

आयोजकका अनुसार प्रतियोगिता आगामी १९ र २० अक्टोबर २०२५ को दिन मलेसियाको पेनाङ राज्यमा अवस्थित बुकित मेर्ताजाममा आयोजना हुने तय भएको जनाएको छ ।

साथै प्रतियोगीतामा टोली दर्ता मिति २० सेप्टेम्बर २०२५ सम्म तय गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १५ हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

नेपाली आप्रवासीबीचको एकता, मैत्री र खेल भावनालाई मजबुत बनाउन, साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Post Comments