News साफ यु–१७ च्याम्पियनसिपः भारत र पाकिस्तानको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं । श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ एउटै समूह बी मा रहेका दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले आ–आफ्नो खेलमा जित हात पार्दै उत्कृष्ट शुरुवात गरेका छन् ।

कोलम्बो स्थित कोलम्बो रेसकोर्ष स्टेडियममा भएको समूह बी तर्फको पहिलो खेलमा दावेदारका रुपमा रहेको भारतले माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले हरायो ।

सोही समूहको अर्को खेलमा पाकिस्तानले भुटानमाथि ४–० को प्रभावशाली जित हात पार्यो । अब समूह चरणको दोस्रो खेलमा १९ सेप्टेम्बरका दिन पाकिस्तानले माल्दिभ्ससँग खेल्नेछ भने सोही दिन भुटानले भारतको सामना गर्नेछ ।

समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । स्मरण रहोस, समूह ए तर्फ भने आयोजक श्रीलंकासँगै नेपाल र बंगलादेश रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेल १८ सेप्टेम्बरका दिन बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।

Post Comments