News सैनिक आवासिय महाविद्यालय (बी) र नेपाल राष्ट्रिय मावि फाइनलमा भिड्ने
गोलनेपाल

मङ्गलगढी । सैनिक आवासीय महाविद्यालय सुर्खेतको आयोजनामा जारी चौथो सम्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा सैनिक आवासिय महाविद्यालय (बी) र नेपाल राष्ट्रिय मावि भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ सैनिक आवासिय (बी) ले साउथ एसियन स्कोलर एकेडेमीलाई ३–२ ले हराउँदै फाइनल स्थान तय गर्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा नेपाल राष्ट्रिय माविले छिन्चु इङलिस मिडियम स्कुललाई २–१ ले पराजित गर्दै फाइनल स्थान सुरक्षित गर्यो ।

अब उपाधिका लागि सैनिक आवासिय महाविद्यालय (बी) र नेपाल राष्ट्रिय मावि बीचको फाइनलमा खेल यही असोज २ गते बिहीबार बिहान ८ः३० बजे हुने आयोजकले जानकारी दियो ।

 

Post Comments