News
नेपाली महिला फुटबल टोलीले एसियाड खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को वर्ष जापानमा हुने २०औं एसियन गेम्स (एसियाड) खेल्ने भएको छ । नेपाल ओलम्पिक कमिटीले यसबारे आधिकारिक रुपमा पुष्टी समेत गरेको छ ।
नेपाल ओलम्पिक कमिटीका अनुसार एसियाडमा सहभागिताका लागि महिला फुटबलको स्पर्धातर्फ नेपाली राष्ट्रिय फुटबल टोलीको नाम दर्ता गरिएको छ ।
स्मरण रहोस, जोपानले अर्को वर्ष सेप्टेम्बर १९ देखि अक्टुबर ४ तारीखसम्म एसियाली खेलकुदको महाकुम्भ आयोजना गर्दैछ । मुख्य आयोजना शहर भने आइची–नागोया रहेको छ ।
Post Comments
Related News