
हेटौंडामा भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।
एफसी विजय यूथ क्लवको आयोजनामा भोली शुक्रबारबाट फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विजय यूथका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए ।
उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुनेछ । यस्तै १७ गते वीरगञ्ज यूनाइटेड र हर्दी युवा समाज चितवन तथा वीरगञ्ज यूथ एकेडेमी र दुधौली स्पोर्टस् क्लब सिन्धुली खेल्नेछन् ।
‘कोरोनाको कारण थला परेको खेलकुदलाई उठाउने जमर्को स्वरुप हामीले पहिलो पटक गोल्डकपको आयोजना गरेका हौं । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ’, अध्यक्ष राजबाहकले भने, ‘आम मकवानपुरबासीलाई प्रतियोगितामा सहभागी भैदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु ।’ प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाको १० टिमको सहभागिता रहेको छ ।
करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवर्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा