News
बिर्तामोडलाई हराउँदै शनिश्चरे होक्से च्यालेञ्ज कपको फाइनलमा
झापा । पूर्वेली युवा क्लब बिर्तामोडको चुनौती समाप्त पार्दै अर्जुनधाराको शनिश्चरे एफसी तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुद्धशान्ति गाउँपालिका १ स्थित त्रिभुवन माविको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा बिर्तामोडलाई २-० गोलले पराजित गर्दै शनिश्चरे एफसी उपाधि होडमा उक्लिएको हो ।
बिर्तामोडलाई सेमिफाइनलमै रोक्नका लागि शनिश्चरेका निमा तामाङले एक्लैले दुई गोल गरेका हुन् । पहिलो खेलमा पनि निमाले ह्याट्रिक पूरा गरेका थिए । निमा फेरि प्लेयर अफ दी म्याच बन्दै नगद एक हजार पाँच सय पाउन सफल भए ।
उपाधिको दाबेदार टोली शनिश्चरेले असोज ११ गते आयोजक होक्से युवा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । च्याम्पियन बन्ने टोलीले नगद एक लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा