News साफ यु–१७ च्याम्पियनसिपः भारतद्वारा उपाधि रक्षा
गोलनेपाल

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको उपाधि साविक विजेता भारतले नै जित्दै उपाधि रक्षा गर्न सफल भएको छ ।

शनिबार सम्पन्न फाइनलभा भारतले गत संस्करण कै उपविजेता समेत रहेको बंगलादेशलाई टाईब्रेकरमा हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो ।

कोलम्बो रेसकोर्ष स्टेडियममा भएको निर्धारित समयको खेल २–२ गोलको रोमाञ्चक बराबरीमा टुंगिएपछि टाईब्रेकरमा भारतले ४–१ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।

स्मरण रहोस, भारतले सेमिफाइनलमा नेपाललाई ३–० ले पराजित गरेको थियो भने बंगलादेशले पाकिस्तानलाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

 

Post Comments