पुनर्वास । सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा शनिबारदेखि शुरु भएको १५औं रनिङ्ग चाँदी कप फुटबल प्रतियोगितामा आरआर रोमानी फुटबल क्लबले एकतर्फी जितका साथ विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आरआर रोमानीले आयोजक सिद्धार्थ युवा क्लब (सेतो) लाई ११–२ को फराकिलो अन्तरले हरायो । आरआर रोमानीका लागि हिमाल मल्ल एक्लैले ह्याट्रिकसहित पाँच गोल गर्दा जिन बहादुर तामाङ, अमर चन्द र प्रेम तामाङले समान दुई–दुई गोल गरे । उता पराजित सिद्धार्थका लागि भने विश्वास तामाङ र योगेन्द्र तामाङले गोल फर्काएका थिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुनर्वास इसाई समाजका अध्यक्ष पास्टर राजकुमार तामाङ लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
आउँदो असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा