दाङ । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ को उपाधि टरिगाउँ युथ क्लबले जितेको छ ।
घोराही उपमहानगरपालिका–१७, उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदानमा भएको फाइनल खेलमा बडहरा युवा क्लब घोराहीलाई २–१ गोल अन्तरले पराजित गर्दै टरिगाउँ युथ क्लबले उपाधि जितेको हो । कडा प्रतिष्पर्धा भएको पहिलो खेलमा बडहरा फुटबल क्लवले अग्रता बनाएपनि दोश्रो हाफमा टरिगाउँले दुई गोल गर्दै उपाधि हात पारेको हो ।
उपाधिसहित टरिगाउँले नगद एक लाख ५० हजार,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने बडहराले नगद ७० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । युनाइटेड नयाँ बजार क्लव (युएनबिसी) क्लवको आयोजनामा भएको प्रतियोगितामा विधागत रुपमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी टरिगाउ युथ क्लबका हरि बुढा, उत्कृष्ट गोल रक्षक टरिगाउँकै प्रतिक शेर्पाइली, उत्कृष्ट डिफेन्डर टरिगाउकै निशानराज लवट,सर्बाधिक गोल कर्ता घोराही फुटबल एकेडेमीका कमल बिक र टरिगाउँका श्याम बयाडी घोषित भए ।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा