काठमाडौं । यसै सिजन बंगलादेश प्रिमियर लिग खेल्ने त्यसतर्फ प्रस्थान गरेका नेपालका दुई मुख्य खेलाडीद्वय किरण चेम्जोङ र आयुष घलान सम्मिलित बंगलादेश पुलिस एफसीले लिगमा विजयी शुरुवात गरेको छ ।
पुलिसले आफ्नो पहिलो खेलमा बंगलादेशी कप्तान जमल भुयनको टोली ब्रदर्श युनियनलाई १–० ले हराउँदै लिगमा विजयी शुरुवात गरेको हो । ब्रदर्श युनियन त्यही टोली हो जसमा नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु अन्जन बिष्ट, सनिस श्रेष्ठ, एरिक बिष्ट, योगेश गुरुङहरु पनि सम्मिलित छन् । र यी सबै खेलाडीहरुले बंगलादेश पुलिस विरुद्ध पहिलो रोजाई मै रहेर पनि खेले ।
उता किरण चेम्जोङ र आयुष घलानले पनि बंगलादेश पुलिसको पहिलो रोजाई मै रहेर खेले । खेलमा बंगलादेश पुलिसका लागि ४३औं मिनटमा पाउलो हेनरिकले एक मात्र निर्णायक गोल गरे ।
स्मरण रहोस, बंगलादेशी लिग नै खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ सम्मिलित फोर्टिस एफसीले साविक विजेता मोहम्मदनलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको थियो ।
त्यस्तै रहमतगञ्जका लागि खेलिरहेका अर्का डिफेन्डर अभिषेक लिम्बुको टोलीले अवाहानी ढाकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल