ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा रेगल एन्फा मकवानपुर हेटौडालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै हनामी बि.एफ.सी चितवन पहिलो पटक ठोरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय दुवै टोली गोल रहित बराबरीमा रोकिँदा पेनाल्टी सुटआउटमा चितवनले पाँच चारको नतिजामा जित हात पारेको हो। दुवै टोलीबाट कुल ५ /५ प्रहार हुदा हनामी बी. एफ.सी चितवनले सबै प्रहारहरूलाई गोलमा परिणत गरेको थियो भने उता पराजित भएको टोली रेगल एन्फा मकवानपुरको तर्फबाट बिकास टिटुङको तेस्रो प्रहारलाई चितवनका गोलरक्षक मनोज गुरुङले रोक्न सफल भएका थिए।
उक्त बचाउनै चितवनलाई उपाधि नजिक पुर्याउन पर्याप्त भएको थियो। उक्त बचाऊ सँगै खेलको म्यान अफ दी म्याच पनि चितवनका गोल रक्षक मनोज गुरुङ बनेका हुन्। उनले नगद रु. २५०० सहित ट्रफी र मेडल प्राप्त गरेका छन्।
शनिबार दोस्रो सेमिफाइनल बिरगंज युनाईटेड बिरगंज र श्री प्रतिभा युवा क्लब ( आयोजक ) बिच दिनको ठिक दुई बजे खेल सुरु हुनेछ।
- चौथो ठोरी गोल्डकपको फाइनल समिकरण पुरा, एउटै खेलको नतिजा आउन लाग्यो दुई दिन
- चौथो ठोरी गोल्डकपको अन्तिम सेमिफाइनल खेल निर्णय बिहिन
- आयोजक प्रतिभा चौथो ठोरी गोल्डकपको सेमिफाइनलमा
- पेनाल्टीमा जित हात पार्दै मकवानपुर, ठोरी गोल्डकपको सेमिफाइनलमा
- डिफेन्डिङ च्याम्पियन बीरगंज युनाइटेड ठोरी गोल्डकपको अन्तिम चारमा