पुनर्वास । आयोजक सिद्धार्थ युवा क्लब (हरियो) र अरनिको युवा क्लब (रातो) ले यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् ।
दिनको पहिलो खेलमा सिद्धार्थ युवा क्लब (हरियो) ले पुनर्वास–३ (निलो) टाईब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि सिद्धार्थ टाईब्रेकरमा विजयी बनेको हो । यो जितसँगै सिद्धार्थ युवा क्लब (हरियो) क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
त्यस्तै दिनको दोस्रो खेलमा अरनिको युवा क्लब (रातो) ले बिरेन्द्र युवा क्लब (ए) लाई ३–२ पराजित गर्यो । अरनिकोको जितमा बिकास थापाले दुई गोल गर्दा थप एक गोल आत्मघाती गोलका रुपमा रह्यो । उता पराजित बिरेन्द्रका लागि भने हिमाल तामाङ र खुशी तामाङले गोल गरे । यो जितपछि अरनिको भने प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा