पुनर्वास । हिमाल फ्रेण्डस क्लब यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दिनको पहिलो खेलमा हिमाल फ्रेण्डसले बेलौरी–१ खेलकुद समितिलाई ५–२ को अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।
हिमाल फ्रेण्डसको जितमा महेन्द्र बोहराले दुई गोल गर्दा गोपाल नाथ, अनिष चौधरी र अजय थापाले समान एक–एक गोल गरे । उता पराजित बेलौरीका लागि भने बिशाल शाही र सौरभ शाहीले गोल फर्काएका थिए ।
त्यस्तै मंगलबार नै त्रिभुवन युवा क्लब र नवोदय युवा क्लबबीचको खेल पहिलो हाफसम्म १–१ को स्थिति रहँदा खराब प्रकाश र प्राविधिक कारणवश स्थगित गरिएको छ । साथै उक्त खेलको बाँकी समय बुधबार बिहान ८ बजेदेखि पूनः सूचारु गरिने आयोजकले जानकारी दियो ।
सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा