News तालतलैया फाइनलमा, उपाधिका लागि चुलाचुलीसँग भिड्ने
गोलनेपाल

सुकचर । प्रतिस्पर्धातमक जितका साथ तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बुधबार सम्पन्न कडा र प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा तालतलैयाले पुर्वाञ्चल युनाइटेड क्लब, हरैचा, मोरङलाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा शुरुवाती दुई गोलको स्पष्ट अग्रता बनाएर पनि पुर्वाञ्चल निराश बन्न पुग्यो । खेलको चौथो मिनट मै उमेश कार्कीले पुर्वाञ्चलका लागि पहिलो गोल गरे । २०औं मिनटमा शिशिर लेखीले त्यो अग्रता दोब्बर पारे ।

तर, तालतलैयाले खेलमा पूनःरागमन गर्यो । ३६औं मिनटमा निस कुमार श्रेष्ठले तालतलैयाका लागि पहिलो गोल गरे । ४०औं मिनटमा बिजय उराउले दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए भने ५३औं मिनटमा सिजल राईले तेस्रो गोल गर्दै तालतलैयाको जित पक्का गरे ।

खेलमा तालतलैयाका बिजय उराउ म्यान अफ दि म्याच घोषित भए । तालतलैयाले अब असोज १८ गते शनिबार हुने फाइनलमा चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापाको सामना गर्नेछ ।

नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।

Post Comments