News लालीपुराँस कपः एलजी (सेतो) र देवदह सेमिफाइनलमा
गोलनेपाल

मटेरी । आयोजक एलजी एसोसिएशन (सेतो) र देवदह ब्वाईज, रुपन्देही यहाँ जारी लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रामपुर नगरपालिका–५, मेटरी स्थित खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ एली (सेतो) ले भगवती फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा एलजी (सेतो) का सन्तोष गोङबा म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा देवदह ब्वाईजले आयोजकको अर्को टोली एलजी एसोसिएशन (रातो) लाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । खेलमा देवदहका दिनेश गुरुङ म्यान अफ दि म्याच बने ।

त्यसैगरी बुधबार नै भएका अन्य दुई खेलहरुमा वालिङ युनाइटेड र मर्दिखोला युनाइटेडले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । वालिङले स्याङ्जा युथ क्लबलाई २–० ले हरायो । खेलमा वालिङका कृष्ण आले म्यान अफ दि म्याच बने ।

अर्को खेलमा मर्दिखोलाले गोर्खा ब्वाईज स्पोर्टस क्लबलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो । खेलमा मर्दिखोलाका सनम बिक म्यान अफ दि म्याच चुनिए । प्रतियोगिताका अन्तिम दुई क्वाटरफाइनल खेलहरु असोज २३ गते बिहीबार हुने खेल संयोजक आदेश रानाले बताए ।

एलजी (लालीगुराँस) एसोसिएशन, रामपुर, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज २५ गतेका दिन हुनेछ ।

Post Comments