News
एन्फा अध्यक्ष नेम्वाङ तथा सदस्य सरिलालाई फिफामा जिम्मेवारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र एन्फा कै कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकुले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नयाँ जिम्मेवारी पाएका छन् ।
फिफाले एन्फा अध्यक्ष नेम्वाङलाई नयाँ जिम्मेवारी दिने क्रममा फिफा फुटबलको सामाजिक उत्तरदायी कमिटीको सदस्यमा चयन गरेको छ ।
त्यस्तै एन्फा कार्यसमिति सदस्य सरिलालाई फिफाले ‘फिफा युथ गल्र्स कम्पिटिशन कमिटीको सदस्यमा चयन गरेको एन्फाले जनाएको छ ।
स्मरण रहोस, फिफाले गठन गर्ने विभिन्न कमिटीहरुमा नेपालबाट प्रतिनिधीहरु पनि चयन हुने र फुटबल सम्बनधी विभिन्न कार्यक्रमहरुमा सहभागि समेत हुँदै आएका छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)