News आयोजक प्रतिभा युवा क्लब ठोरी गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न एकमात्र प्रि क्वाटरफाइनल खेलमा आयोजक श्री प्रतिभा युवा क्लब र बाग्मती पुलिस क्लब हेटौंडा बिच रोमान्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएको उक्त खेल पेनाल्टीमार्फत नतिजा निकालिएको थियो ।

पहिलो हाफमा थप गरीएको अतिरिक्त समय अन्तिम एक मिनेटमा आयोजकको लागि बिक्रम लामाले गोल गर्दै अग्रता दीलाएका थिए । पहिलो हाफ एक शून्यले पछि परेको बाग्मती पुलिस दोस्रो हाफको निर्धारित समयको अन्तिम एक मिनेट बाँकि रहदा निर्मल मगरले सानदार गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए ।

एक एक गोलको बराबरीमा सकिएको खेल पेनाल्टी सुट आउटमा आयोजक बाजी मार्न सफल भयो। आयोजकका गोल किपर युनेस चौधरीले बाग्मती पुलिसको दुई प्रहार रोक्दै जित सुनिस्चित गराएका हुन ।

निर्धारित समय उत्कृष्ट खेल प्रदर्शन गरेका प्रतिभा युवा क्लबका सविन लामा म्यान अफ दी म्याच घोषित हुदै नगद रु दुई हजार पाँच सय साथै ट्रफि प्राप्त गरे।

बिहिबार हुने प्री क्वाटर फाइनल खेल बारा युनाईटेड र श्री त्रिशुल युवा क्लब बकुलिया बिच दिनको ठिक दुई तिस बजे सुरु हुनेछ।

Post Comments