News तालतलैयालाई पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

सुकचर । नव युवा क्लब, बुढीगंगा–६, सकुचर, मोरङको आयोजनामा सम्पन्न पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा तालतलैयाले चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापालाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको ३२ र ५२औं मिनटमा बिजु भुजेलले गरेको दुई गोल नै तालतलैयालाई उपाधि जिताउन प्रर्याप्त बन्यो ।

विजेता बनेको तालतलैयाले उपाधिसहित नगद १ लाख ५१ हजार नगद हात पार्यो भने उपविजेता चुलाचुलीले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

तालतलैयाकाका लागि निर्णायक दुई गोल गरेका बिजु भुजेल फाइनल खेलको म्यान अफ दि म्याच बने । उनले त्यसवापत नगद २१०० र ट्रफी हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक तालतलैया कै विश्वास चौधरी बन्दा उत्कृष्ट डिफेन्डर पनि तालतलैया कै प्रवेश दनुवार चुनिए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर चुलाचुलीका हेमन लिम्बु बन्दा उत्कृष्ट फरवार्ड तालतलैयाका बिजय उराउ चुनिए । उत्कृष्ट प्रशिक्षक पनि तालतलैया कै सजिवन राई बने । उत्कृष्ट बनेका सबैले जनही ३५००–३५०० र ट्रफी हात पारे ।

त्यस्तै राईजिङ प्लेयर आयोजक नवयुवा कै आशिष चौधरी घोषित भए । त्यसवापत उनले पनि नगद ३५०० र ट्रफी प्राप्त गरे । प्रतियोगिताभरि कुल ६ गोल गरेका चुलाचुलीका आकाश राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यसवापत उनले पनि नगद ३५०० र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने विजेता टोली तालतलैयाका मौसम सुब्बा घोषित भए । उनले त्यसवापत नगद ५००० र ट्रफी हात पारे । विजेता, उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व संघाीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments