News १५औं रनिङ चाँदी कपः सीतावस्ती र सिद्धार्थ (रातो) को जित
गोलनेपाल

पुनर्वास । यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सीतावस्ती फुटबल क्लब र आयोजक सिद्धार्थ युवा क्लब (रातो)ले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सीतावस्तीले हिमाल फ्रेण्डसलाई ३–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । सीतावस्तीको जितमा अविनाश थापाले दुई गोल गर्दा दिपेन्द्र मलासीले थप एक गोल गरे ।

उता अर्को खेलमा आयोजक सिद्धार्थले सिंहपाल फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हरायो । सिद्धार्थको जितमा स्यामुएल सेजुवारले चार गोल गर्दा गणेश पुलामीले दुई गोल गरे । थप एक गोल भने एरोन थापाले गरेका थिए । यो जितसँगै सिद्धार्थ सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।

Post Comments