News देवचुली–११ फुटबल क्लबद्वारा वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना
गोलनेपाल

देवचुली । नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलिको अवसरमा देवचुली–११ फुटबल क्लब, धारापानीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२ भव्य रूपमा शुरु भएको छ।

क्लबका अध्यक्ष रमेश गुरुङका अनुसार प्रतियोगिता असोज २० गतेदेखि देवचुली–११ स्थित धारापानी खेलमैदानमा सुरु भएको हो। प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएका छन् ।

यस प्रतियोगिता देवचुली नगरपालिका र युवा तथा खेलकुद विकास समितिको सह–आयोजनामा भइरहेको छ। खेलमा अनुशासन, खेल भावना र स्थानीय खेलाडीको सहभागिता अनिवार्य गरिएको आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार प्रथम हुने टोलीले रु ५५,५५५, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय टोलीले रु ३३,३३३, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ।

त्यसैगरी, उत्कृष्ट खेलाडीलाई रु २,५००, र सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु १,५०० का दरले नगद पुरस्कार प्रदान गरिनेछ।

Post Comments