News भोजपुर डिएफसी सेमिफाइनलमा
गोलनेपाल

लक्ष्मीमार्ग । संघर्षपुर्ण जितका साथ भोजपुर डिएफसी, भोजपुर यहाँ जारी स्व. एन.बी. रुङमाङ स्मृति आरजु राइस आठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा भोजपुरले झापा–११ एफसी, झापालाई टाईब्रेकरमा ५–४ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ झापाका लागि एरोन थापा मगरले गोल गरेका थिए भने भोजपुरका लागि मिलन लिम्बुले गोल गरेका थिए । तर, टाईब्रेकरमा भने झापा निराश बन्न पुग्यो ।

खेलमा भोजपुरका गोलरक्षक समिर क्षेत्री म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत असोज २८ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल रारा फुटबल क्लब, धनकुटा र प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

एल।एक्स। सिटी फुटबल क्लब, बेलबारी, भोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक १ गतेका दिन हुनेछ ।

Post Comments