News
तेह्रथुमको आठराई छातेढुङ्गामा कार्तीक ९ देखि १५ गते सम्म दिपावली मेला लाग्ने
आठराई । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ५ छातेढुंगामा बि.स. २०३९ साल देखि लाग्दै आएको दीपावली मेला यो साल कार्तीक ९ गते देखि १५गते सम्म लाग्ने भएको छ ।
मेलामा खुल्ला पुरुष तथा खुल्ला महिला फुटबल प्रतियोगिता, गाउँपालिका स्तरीय पुरूष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता,व्याडमिन्टन र चेस लगायत सॉस्कृतिक कार्यक्रम पनि सन्चालन हुने बताइएको छ ।
खुल्ला पुरूष फुटबल प्रतियोगिताको विजेताले १ लाख ७५ हजार सहित ३ वर्षे रनिङ ट्रफि,उपविजेताले एक लाख २५ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।
त्यस्तै खुल्ला महिला तर्फको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि तथा उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्ने मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।
Post Comments
Related News