ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा बिरगंज युनाईटेड बिरगंज र एभरेष्ट फुटबल एकेडेमी सर्लाहीबिच रोमान्चक प्रतिस्पर्धा हुदा सङ्घर्सपुर्ण जित निकाल्दै बिरगंज सेमिफाइनल प्रवेश गरेको छ।
उपाधि दाबेदारीको रुपमा हेरिएका दुवै टोली क्वाटर फाइनलमा प्रतिस्पर्धा हुँदा बिरगंज युनाईटेडले बाजी मार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल रह्यो।
बीरगंजलाई जित दिलाउनको लागि खेलको ४१ औ मिनेटमा प्राप्त गरेको आउट साइड द बक्स फ्री किक मार्फत गोल गर्दै देव गुरुङले अग्रता दिलाएका थिए। त्यसपश्चात बाँकी समय दुवै टोलीबाट कुनै गोल हुन नसक्दा उक्त गोलनै निर्णायक गोल बनेको थियो।
निर्धारित समयभर प्रभावशाली खेल पस्किएका देव गुरुङनै उक्त खेलको म्यान अफ दी म्याच बनेका हुन। उनले नगद रु. २५०० सहित ट्रफी मेडल प्राप्त गरेका छन।
मंगलबार तेस्रो क्वाटर फाइनल खेल रेगल एन्फा मकवानपुर हेटौडा र श्री त्रिशुल युवा क्लब बकुलियाबिच दिनको टिक ३ बजे सुरु हुनेछ।