News तेह्रथुमको आठराई छातेढुङ्गामा कार्तीक ९ देखि १५ गते सम्म दिपावली मेला लाग्ने
गोलनेपाल

आठराई । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ५ छातेढुंगामा बि.स. २०३९ साल देखि लाग्दै आएको दीपावली मेला यो साल कार्तीक ९ गते देखि १५गते सम्म लाग्ने भएको छ ।

मेलामा खुल्ला पुरुष तथा खुल्ला महिला फुटबल प्रतियोगिता, गाउँपालिका स्तरीय पुरूष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता,व्याडमिन्टन र चेस लगायत सॉस्कृतिक कार्यक्रम पनि सन्चालन हुने बताइएको छ ।

खुल्ला पुरूष फुटबल प्रतियोगिताको विजेताले १ लाख ७५ हजार सहित ३ वर्षे रनिङ ट्रफि,उपविजेताले एक लाख २५ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

Post Comments