आठराई । आठराई गाउँपालिका वडा नं. ६ चुहानडाँडा बोखिम मा नव निर्मित रातमाटे खेलमैदान उद्घाटनको अवसरमा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि प्रगतिशील तमु युवा समाज ह्वाकूले जितेको छ ।
बोखिम खेलकुद आयोजक समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक बोखिम खेलकुद समिति ‘ए’ लाई पेनाल्टि सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै ह्वाकू च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टि सुटआउटमार्फत गरिएको थियो ।
विजेता प्रगतिशील तमु युवा समाज ह्वाकूले नगद रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आयोजक टोलीले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ:
हाई स्कोरर — निरोज लिङ्देन (आयोजक)
बेस्ट डिफेन्डर— बिपिन लिम्बु (आयोजक)
बेस्ट गोलकिपर— सुदिप गुरुङ (प्रगतिशील तमु युवा समाज)
प्रतियोगिताकै उत्कृष्ट खेलाडी — सन्दिप गुरुङ (प्रगतिशील तमु युवा समाज)
फाइनल खेलको प्लेयर अफ द म्याच — बिप्लप इङ्नाम (प्रगतिशील तमु युवा समाज)
प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो ।
आठराई गाउँपालिकाद्वारा निर्माण गरिएको नव निर्मित रातमाटे खेलमैदानले गाउँमा खेल संस्कृतिको विकास, युवामा उत्साह तथा एकताको भावना अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।