काठमाडौं । हालै मात्रै नेपाली फुटबल हाँक्ने एक्लो संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले धेरैले अपेक्षा गरेको र पर्खाईमा रहेको शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्नेबारे अन्यौलता देखाएपछि त्यसको अहिले चौतर्फी चर्चा र आलोचना भईरहेको छ ।
वर्षौंसम्म लिग नहुँदा निराश बनेका नेपाली फुटबल खेलाडीहरुमा नेपाली फुटबलको मेरुदण्डका रुपमा रहेको ए डिभिजन लिग यो वर्ष पनि अनिश्चित बन्दा खेलाडीहरुमा थप नैराश्यता थपिएको छ । कति खेलाडीको खेलेरै चलाउने गुजारा बनेको फुटबल नहुँदा विदेश पलायन हुने मनस्थितिमा छन् र कति त पलायन पनि भईसकेका छन् ।
लिग नहुँदाको मार र पिडामा ती तमाम खेलाडीहरुका बीच राष्ट्रिय टोलीमा रहेर खेलिरहेका अधिकांश खेलाडीहरु पनि परेका छन् । ती पिडाहरुलाई अभिव्यक्त गर्न नसकिरहेका बेला नेपाली फुटबलका चल्तीका खेलाडी तथा चर्चित डिफेन्डर अनन्त तामाङले भने लिग नहुनुको पिडा र गुनासोलाई ामाजिक सञ्जालमार्फत पोखेका छन् ।
अनन्तले मैदान बाहिर जे जस्तो भए पनि मैदान भित्र देशका लागि खेल्दा आफूहरुले शतप्रतिशत दिएको र दिने बताएका छन् । आफू भन्दा अगाडी र पछि करियर शुरु गरेका कतिपय खेलाडीहरु विदेश पलायन भईसकेको स्मरण गर्दै अनन्तले आफूहरु भने जस्तो सुकै परिस्थतिमा पनि अझै शतप्रतिशत दिएर खेलेको जिकिर गरेका छन् ।
अनन्त लेख्छन्, “तर आज भिएतनामको मैदानमा ’होम म्याच’ खेलेपछि नेपालमा लिग नहुने भन्ने चर्चाले निराशाको अर्को चरणमा पुगेको छु । र मैले फुटबल खेल्न एन्फा एकेडेमी पस्दा कुनैदिन यो परिस्थितिको सामना गर्नुपर्छ भनेर सोचेको पनि थिइनँ ।”
अनन्तका अनुसार एन्फाले लिग गर्ने जिम्मेवारी निसंकोच पूरा गर्नुपर्ने बताउँछन् । साथै त्यसमा सबैले एन्फालाई दबाब दिनुपर्ने समेत बताएका छन् । अनन्त भन्छन्, “खेलाडी र खेललाई जीवित राख्नकै लागि भएपनि लिग गर्नुहोस ।”
अनन्तले आफ्नो फेसबुकमा लेखेको स्टाटसको पूर्ण अंश पढ्नुहोसः
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)