News इङल्याण्ड फिफा विश्वकपका लागि छनौट हुने पहिलो युरोपियन टोली
गोलनेपाल

काठमाडौं । इङल्याण्ड अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्न गईरहेको फिफा विश्वकपका लागि छनौट हुने पहिलो युरोपियन टोली बनेको छ ।

युरोपियन छनोट प्रतियोगितातर्फ समूह के मा रहेको इङल्याण्डले आफूले खेलेको कुल ६ खेलहरुमा शतप्रतिशत नतिजाका साथ दुई खेल बाँकी छँदै सोझै विश्वकपका लागि छनौट हुन सफल भएको हो ।

इङल्याण्डले आफ्नो छैठौं खेलमा मंगलबार राती लात्भियालाई ५–० को अन्तरले हरायो । सोही समुहको अर्को खेलमा सर्बियाले एन्डोरामाथि ३–१ को जित हात पार्यो ।

मंगलबारको नतिजापछि समूह के मा ६ खेलबाट १८ अंक जोडेको इङल्याण्ड शिर्ष स्थानमा छ । इङल्याण्डले आफ्नो अन्तिम दुई खेलमा सर्बिया र अल्बानियासँग खेल्ने कार्यक्रम छ ।

त्यस्तै ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको अल्बायिन र १० अंकका साथ तेस्रो स्थानमा रहेको सर्बियाको प्ले अफ मार्फत विश्वकपमा छनौट हुने सम्भावना अझै कायम छ ।

त्यसैगरी ५ अंकका साथ चौथो स्थानमा रहेको लात्भिया र १ अंक मात्र जोड्दै पुछारमा रहेको एन्डोरा विश्वकप छनौटको समूह चरणबाटै बाहिरिएका छन् ।

Post Comments