News एएफसी यु–१७ महिला एसियन कप छनौटः पहिलो खेलमा नेपालको बराबरी
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो समूह चरणको पहिलो खेलमा बराबरी खेलेको छ ।

छनौट प्रतियोगितातर्फ समूह एफमा रहेको नेपालले बुधबार तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक समेत जोड्न सफल भएको हो ।

यो बराबरी नतिजाले तुर्कमेनिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । स्मरण रहोस, तुर्कमेनिस्तानले आफ्नो पहिलो खेलमा आयोजक थाइल्याण्डसँग १७–० को हार बेहोरेको थियो ।

नेपालले अब आफ्नो अन्तिम तथा निर्णायक खेलमा १७ अक्टोबर शुक्रबारका दिन घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । एएफसी यु–१७ एसियन कपमा छनौट हुन नेपाललाई दोस्रो खेल जित्नैपर्ने दबाब पनि हुनेछ ।

 

 

Post Comments