News फिफा यु–२० विश्वकपः फाइनलमा मोरक्को र अर्जेन्टिना भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चिलीमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा अफ्रिकी टोली मोरक्को र सर्वाधिक ६ पल्टको विजेता अर्जेन्टिना भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ मोरक्कोले फ्रान्सलाई हराउँदै ऐतिहासिक रुपमा पहिलोपटक फिफा यु–२० विश्वकपको फाइनल यात्रा तय गर्न सफल भयो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा मोरक्को ५–४ ले विजयी बन्यो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी टोली कोलम्बियालाई १–० ले निराश बनाउँदै फाइनल स्थान सुरक्षित गर्यो । अर्जेन्टिनाका लागि ७२औं मिनटमा मेटियो सिल्भेट्टीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

अब १९ अक्टोबरका दिन हुने फाइनलमा मोरक्को र अर्जेन्टिना उपाधिका लागि भिड्ने छन् । त्यसअघि १८ अक्टोबरका दिन फ्रान्सो कोलम्बिया पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments