News मेसीलाई उछिन्दै एम्बापेको किर्तिमान
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकप २०२६ तर्फ तेस्रो स्थानका लागि भएको खेलमा इङल्याण्डले फ्रान्सलाई ६–४ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।

खेलमा फ्रान्सले हार बेहोरे तापनि फ्रेन्च टोलीका कप्तान किलियन एम्बापेले भने विश्वकपमा किर्तिमान बनाएका छन् । इङल्याण्डसँग हार बेहोरेको खेलमा एम्बापेले दुई गोल गरेका थिए ।

यो दुई गोलसँगै फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एम्बापे शिर्ष स्थानमा उक्लिएका छन् । विश्वकपमा कुल २२ गोल गर्न सफल एम्बापेले २१ गोल गरेका लियोनल मेसीलाई उछिन्दै सो किर्तिमान बनाएका हुन् ।

त्यति मात्र नभई एम्बापे जारी फिफा विश्वकप २०२६ मा कुल १० गोल गर्दै गोल्डेन बुटको बलियो हकदार समेत बनेका छन् । उता ८ गोल गरेका मेसी पनि गोल्डेन बुटको होडमा छन्, साथै अर्जेन्टिनाले आइतबार राती फाइनलमा स्पेनको सामना गर्दैछ । जुन खेल मेसीका लागि महत्वपूर्ण हुनेछ ।

Post Comments