News स्पेन उपाधि नजिक
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पूर्व विश्वविजेता स्पेन जारी फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

स्पेनले पहिलो सेमिफाइनलमा दावेदार मध्ये एकका रुपमा हेरिएको दुईपल्टको पूर्व विश्वविजेता तथा गत संस्करणको उपविजेता फ्रान्सलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा स्पेनले पहिलो हाफको २२औं मिनटमा गोलको खाता खोलेको थियो । स्पेनिस टोलीका लागि मिकेल उगार्टेले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । दोस्रो गोल भने ५८औं मिनटमा पेड्रो पोरोले गर्दै टोलीको जित पक्का गरे ।

यो हारसँगै लगातार तीन फाइनल खेल्ने फ्रान्सको चुनौति समाप्त भएको छ । स्मरण रहोस, फ्रान्सले सन् २०१८ मा रसियामा सम्पन्न विश्वकपको उपाधि जितेको थियो भने सन् २०२२ मा कतारमा सम्पन्न फाइनलमा अर्जेन्टिनासँग पराजित हुन पुगेको थियो ।

स्पेनले अब १९ जुलाईका दिन हुने फाइनलमा बुधबार मध्यरातमा हुने दोस्रो सेमिफाइनलतर्फ अर्जेन्टिना र इङल्याण्ड बीचको विजेतासँग खेल्नेछ । पराजित फ्रान्सले भने दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग जुलाई १८ तारीखका दिन तेस्रो स्थानका लागि भिड्नेछ ।

Post Comments