News
इतिहादको फराकिलो जितमा प्रितीको डेब्यु गोल
काठमाडौं । जोर्डनको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी सफल मिडफिल्डर प्रिती राईले आफ्नो क्लब इतिहादका लागि लिगमा डेब्यु गोल गरेकी छिन् ।
लिग अन्तर्गत आफ्नो पाँचौं खेलमा इतिहादले अल–हुसेन स्र्पोटिङ क्लबलाई २४–० को फराकिलो अन्तरले हरायो । खेलमा प्रितीले क्लबका लागि सातौं मिनटमा गोल गर्दै क्लबका लागि आफ्नो गोलको खाता खोलेकी थिईन् ।
यो जितसँगै इतिहाद ५ खेलबाट १३ अंकसहित पहिलो लेगको खेल समाप्तीसम्म लिगतालिकाको शिर्ष स्थानमा छ । त्यस्तै ९ अंक जोडेको अम्मान एफसी दोस्रो स्थानमा रहँदा ७ अंकका साथ अर्थोडक्स क्लब तेस्रो स्थानमा छ ।
उता इतिहादसँग पराजित अल–हुसेन भने अंकविहीन रुपमा पुछारमा छ । जारी लिगमा कुल ६ टोलीहरु सहभागि छन् । लिग विजेताले अर्को सिजनको एएफसी महिला च्याम्पियन्स लिग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने