News
१३औं बनदेवी माई अध्यक्ष गोल्डकप शुरु, विजयी शुरुवातका साथ जनसेवी सेमिफाइनलमा
बटेश्वर । १३ औ बनदेबिमाइ अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा महोत्तरीको जनसेबि फुटबल क्लबले उदयपुरको कटारि फुटबल क्लबलाइ २:० ले हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ ।
डिफेन्डिङ च्याम्पियन जनसेबिको लागि प्रदिप लामा र आदित्य साक्यले सम्मान एक एक गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच जनसेबिका आदित्य साक्य भएका थिए ।
कार्तिक ३ गते सोमबार कुनै खेल नहुने आयोजकले जनाएको छ । बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।
Post Comments