दलभञ्ज्याङ । द ओसन क्लब, गोरखाको आयोजनामा जारी अन्तरविद्यालय यु–१३ छात्र–छात्रा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो साता पाँच खेलहरु सम्पन्न भएका छन ।
गोरखा नगरपालिका–९, दलभञ्ज्याङ स्थित आयोजक क्लब कै कृत्रिम घाँसे मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा शक्ति मावि र नवज्योति माविले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
दोस्रो खेलमा सरस्वती माविले हिल्ली फिल्डर्स गोरखा एफसीलाई ३–२ ले पराजित गर्यो भने तेस्रो खेलमा महालक्ष्मी माविले रत्न लक्ष्मी माविलाई ३–१ ले हरायो ।
त्यसैगरी छात्रातर्फ पहिलो खेलमा सरस्वती मावि र रत्न लक्ष्मी माविले गोलरहित बराबरी खेल्दै अंक बाँडे भने दोस्रो खेलमा महालक्ष्मी माविले हिल्ली फिल्डर्स गोरखा एफसीलाई २–१ ले पराजित गर्यो ।
गोरखा नगरपालिकाको विशेष सहयोगमा “मेयर युवा फुटबल विकास परियोजना“ अन्तर्गत जारी भएको प्रतियोगितामा छात्रतर्फ यु–१३ उमेर समूह र छात्राहरुको ९ कक्षा १०० सम्मको खेलाडीहरु सहभागी छन् ।
त्यस्तैप्रत्येक साताको शनिवार खेलहरु सन्चालन गर्ने गरि प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ । प्रतियोगितामा छात्र यु–१३ तर्फ ८ विधालय र छात्रातर्फ ५ विधालयको सहभागिता रहेको छ ।
यु–१३ विजेता टिमले ११औ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछ । दुुवै समुहका विजेता उपविजेता टिमलाई ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी विधालयलाई प्रत्येक खेलमा म्याच मनिको व्यवस्था गरिएको आयोजक द ओसन क्लबका सचिव सबन केसीले बताए ।