News नेपाली महिला फुटबल टोलीले भारतसँग दुई म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले छिमेकी राष्ट्र भारतसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भएको छ । नेपालले ३० अक्टोबरका दिन सिक्किममा भारतसँग अर्को मैत्रीपूर्ण म्याच खेल्ने पक्का भएको छ । यद्यपि यो खेल फिफा विन्डो भित्र नरहने एन्फाले जनाएको छ ।

यसअघि नेपालले २४ अक्टोबरका दिन इरान र २७ अक्टोबरका दिन भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम थियो । दुवै खेलहरु भारतको शिलोङमा हुनेछन् । यी दुई खेलहरु पश्चात नेपाल र भारत बीच सिक्किमा अर्को मैत्रीपूर्ण खेल हुनेछ ।

Post Comments