News युनाइटेड क्लब अफ तरहरालाई चौथो मनसुन कपको उपाधि
गोलनेपाल

इटहरी । उत्कृष्ट जितका साथ सुनसरीमा सम्पन्न चौथो मनसुन कप फुटबल प्रतियोगिताको उपाधि युनाइटेड क्लब अफ तरहराले जितेको छ ।

फाइनलमा युनाइटेडले जुडी फुटबल क्लब, रामधुनीलाई ३–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । युनाइटेडको जितमा योगेन कार्कीले दुई गोल गर्दा थप एक सेसेहाङ लिम्बुले गरे ।

विजेता बनेको युनाइटेड क्लब अफ तरहराले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता जुडी एफसीले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्यो । युनाइटेडका सेसेहाङ लिम्बु फाइनल खेलको म्यान अफ दि म्याच बने । त्यसवापत उनले नगद ११०० र ट्रफी हात पारे ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक युनाइटेडका नयन चौधरीले बन्दा उत्कृष्ट डिफेन्डर जुडीका अनिष चौधरी बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर युनाइटेडका असिम राई चुनिदा युवा प्रोत्साहन पुरस्कार शान्तिनगर फुटबल क्लबका सक्षम श्रेष्ठले हात पारे ।

उदियमान खेलाडी खेलाडी पनि शान्तिनगर एफसी कै दिलिप राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आर.आई. फुटबल क्लब, काठमाडौंका बिबेक राईले हात पारे । उत्कृष्ट विधातर्फका सबैले जनही २५००–२५०० र ट्रफी हात पारे ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने युनाइटेडका योगेन कार्की घोषित भए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । सो अवसरमा विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वार्ड नम्बर २ का अध्यक्ष माधव कोइराला लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments